१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निवर्तमान सभामुख महरा प्रहरीको नियन्त्रणमा


१९ आश्विन २०७६, आइतबार  

0
Shares

१९ असोज  ०७६, ललितपुर । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई पक्राउ गरेको हो ।

महराविरुद्ध फौजदारी अपराधसंहिता अनुसार मुद्दा चलाउन प्रहरीले नियन्त्रणमा लिएको हो । निवर्तमान प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिनु भएकीे थिइन । त्यसै गरी आरोप लागेसँगै असोज १४ गते मंगलबार सभामुख पदबाट महराले राजिनामा दिनु भएको थियो । निर्वतमान सभामुख महरालाई पक्राउ गर्नका लागि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई आजै लिखित जानकारी पनि गराएको छ ।

जिल्ला अदालत काठमाडौंले महराबिरुद्ध पक्राउ पुर्जी जारि गरेपछि प्रहरीले उपसभामुख तुम्बाहाम्फेलाई पक्राउ गर्ने सम्बन्धमा जानकारी गराएको हो । प्रतिनिधिसभा सदस्यलाई पक्राउ गर्नुअघि संघीय संसदलाई जानकारी गराउनु पर्ने कानुनी प्रावधान रहको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ५ : ४४ बजे