२१ असोज ०७६,ललितपुर । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन् ।
घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
“दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गरेको रहेछ”, प्रहरी नायब उपरिक्षक लामिछानेले भन्नुभयो, “भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न प्रहरी नायब उपरिक्षक लीलाराजले अनुरोध गर्नु भएको छ।”
प्रतिक्रिया