१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ राष्ट्रपति २५ गते आउँदै


२२ आश्विन २०७६, बुधबार  

0
Shares

फाइल तस्वीर

२२ असोज २०७६, ललितपुर । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज २५ गते नेपाल आउनु हुने भएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति सी अक्टुवर १२ मा आएर १३ मा फर्कने जनाएको छ ।

सीको आगमनले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण हुनेछ । यसअघि तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ मा नेपाल भ्रमण गर्नुभएको थियो । चिनियाँ प्रधानमन्त्री वेन जियावाओले सन् २०१२ को जनवरीमा नेपाल गर्नुभएको थियो । त्यसपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकेको थिएन ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारी तीव्र गतिमा भइरहेको छ । सरकार राष्ट्रपति सीको भ्रमणका बेला हुने सम्भावित सम्झौताको तयारीमा जुटेका छ । परराष्ट्र मन्त्रालयको समन्वयमा अन्य मन्त्रालयले पनि सीको भ्रमणका बेला हुनसक्ने सम्झौताबारे गृहकार्य गरिरहेको छ ।

सी चिनफिङको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (।डिपिआर) सुपर्दगी सन्धी लगायतका सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

रसुवागढी–काठमाडौं, किमाथाङ्का–हिले, दिपायल–दक्षिण चीन जोड्ने सडक, टोखा–विदुर नुवाकोट सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत प्रसारण लाईन, ७ सय ६२ मेगावाट क्षमताको तमोर जलविद्युत परियोजना, फुकाट–कर्णाली जलविद्युत परियोजना र मदन भण्डारी विश्वविद्यालय निर्माणसम्बन्धी आयोजना लगायतका विषयमा छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  २ : १० बजे