१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बस दुर्घटनामा सिन्धुपाल्चोकमा ७ को मृत्यु, ५० बढी घाइते


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

२४ असोज २०७६,सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस शुक्रबार बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयाे  ।

उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । स्थानीयवासी आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

३ जनाको हेलिकोप्टरबाट उद्धार गरिसकिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : २५ बजे