१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनिया राष्ट्रपतिको अनुहारमा देखियो मारुतीको विज्ञापन


२५ आश्विन २०७६, शनिबार  

0
Shares

शुक्रबार साँझ माइती घरमण्डलामा राखिएको राष्ट्रपति सि जिङ पिङको तस्विरमा देखिएको मारुतीको विज्ञापन । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२५ असोज ०७६, काठमाडौं । चिनिया राष्ट्रपति सि जिङ पिङको दुई दिने नेपाल भ्रमणको स्वागतार्थ राजधानीमा राखिएको तस्विरमा मारुती सिमेन्टको विज्ञापन देखिएको छ । रातको समयमा पोलमा राखिएको बत्ती जडित मारुतीको विज्ञापन बोर्डमाथि राष्ट्रपति सि जिङ पिङको तस्विर टाल्दा सिमेन्टको विज्ञापन देखिएको हो । कतिपय ठाँउमा राष्ट्रपति विद्यादेवि भण्डारीको तस्विरमा समेत मारुती सिमेन्टको विज्ञापन देखिएको छ ।

माइती घरमै राखिएको राष्ट्रपति भण्डारीको तस्विरमा देखिएको मारुतीको विज्ञापन ।

राजधानीका टेकु माइती घरलगायत विभिन्न ठाँउमा टागिएको तस्विरमा यस्तो त्रुटि देखिएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ०६ बजे