१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभ–सांसद बस्नेत


२५ आश्विन २०७६, शनिबार  

0
Shares

२५ असोज २०७६, काठमाडौं । सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी चीनफिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका–७ कार्यालयले आज गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने औँल्याउँदै यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने भनाइ राख्नुभयो ।

उहाँले तीन वर्षअघिसम्म भिर र पहिरोबाट जकडिएको गुण्डुको अहिले विकासले मुहार फेरेको बताउँदै अबको तीन–चार वर्षमा विकासले भक्तपुरको मुहार फेरिने जिकिर गर्नुभयो । उहाँले उक्त सामुदायिक भवनमा आजै कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवनसमेत एकैसाथ हस्तान्तरण गर्नुभयो ।

गुण्डुकै सार्वजनिक जग्गामा सवारी अनुमति पत्र वितरण गर्ने यातायातको कार्यालय निर्माण हुने गरी कार्ययोजना अगाडि बढेको र यसै वर्ष त्यसका लागि रु दुई करोड बजेट विनियोजन हुन लागेको सांसद बस्नेतले जानकारी दिनुभयो ।
–––

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।