२६ असोज २०७६,काठमाडौं । काठमाडौंको दरबारमार्गको क्लब भिक्ट्रीमा भएको आगलागी करिब ३ घन्टापछि नियन्त्रणमा आएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विद्युत् सर्ट भएर लागेको आगो नियन्त्रणमा आएको बताउनुभयो ।
आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल प्रयोग गरिएको थियो । आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ । त्यसैगरी आगो निभाउने क्रममा एक जना फायर फाइटर समेत घाइते भएका छन् । उनको परिचय भने खुलेको छैन । हाल उनलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर पुर्याइएको छ । घाइतेको अवस्था सामान्य रहेको डीएसपी बोगटीले जानकारी दिनुभयो ।
प्रतिक्रिया