२७ असाेज २०७६,डडेल्धुरा । आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।
गए आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नंको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । घटना राति घटेको र चालक फरार हुदा कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन ।
त्घसैगरी घटनाको अनुसन्धानबाट सबै कुरा तथ्यसहित छानबिन गरिने प्रहरीले बताएकाे छ । उक्त स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको र स्काभेटर चालक शेरबहादुर महरा भने फरार भएकाे हुदा उनको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया