८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुईतले घर आगलागी हुदा तीन लाख क्षति


२९ आश्विन २०७६, बुधबार  

0
Shares

२९ असाेज २०७६, सर्लाही ।ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।

साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यसैगरी आगलागीबाट सुन आधा तोला, चाँदी ४० तोला, मोबाइल दुई थान, पासपोर्ट एक थान, लत्ताकपडा, फर्निचर, अन्नपात र नगद रु २५ हजार गरी रु तीन लाख २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा ७ः३० बजे आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : २३ बजे