१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाले आज कार्यकर्तालाई चिया खुवाउने


२९ आश्विन २०७६, बुधबार  

0
Shares

फाइल तस्विर

लपु संवाददाता
२९ असोज ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा दशैं तिहार र छठलगायतको पर्वहरुको अवसरमा १ लाख कार्यकर्ताहरुलाई चिया खुवाउने भएको छ ।
दिउँसो १२ बजेबाट शुरु हुने चियापान ३ बजेसम्म जारी रहने छ । नेकपाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,रामचन्द्र पौडेल,राजपाका महन्थ ठाकुर,राजेन्द्र महत्तो र राप्रपाका कमलथापालगायतलाई निम्तो पठाएको जानकारी दिएको छ ।
चियापान कार्यक्रममा आउने निम्तालुलाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । कार्यक्रममा पुर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल समेत उपस्थित हुने बताइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : ०७ बजे