८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


निदान अस्पतालबाट मृगौला चोर पक्राउ


३० आश्विन २०७६, बिहिबार  

0
Shares

२९ असोज २०७६, ललितपुर । ललितपुरको निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गरेको भन्दै  प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पाँच जनालाई पक्राउ गरेको छ ।

एक व्यक्तिको नाममा नक्कली व्यक्ति खडा गरी मिर्गौला झिकेर किनेर अर्को व्यक्तिको शरिरमा राखेको आरोपमा बुधबार काठमाडौँका विपेन्द्र प्रधान, डा राजेश पन्त, ललितपुरका रामचन्द्र आले, कञ्चनपुरका कुमुदकुमार भट्टराई र रामेछापका शङ्करलाल लामा रहेका छन् । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले निदान अस्पतालमा अर्काको नाममा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिए ।

यी पक्राउ परेका व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जानकारी  दिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ८ : २६ बजे