८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बागमती अध्यक्ष कपमा कम्युनिष्टलाई गाली


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

अध्यक्ष कपमा सहभागीहरु ।

लपु संवाददाता
१ कार्तिक ०७६, प्युटार ।नेपाली कांग्रेस ललितपुरका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले दक्षिण ललितपुरको प्युटार खयरघारीमा वागमती कपको उद्घाटन गरेका छन् । उद्घाटन मन्तव्य दिदै राणाले ललितपुरका विभिन्न स्थानमा आफूले खेलकुदको विकासका लागि बजेट छुट्याएको तर त्यो बजेट दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले कटौती गरेको भन्दै आक्रोश पोखेका छन् ।
‘मेरो पालामा यो खयरघारी खेल मैदान बनाउन पञ्च वर्षिय योजना अनुसार २५ लाख छुटाएको थियोे विचमा धमिरो बनेर कम्लिसटहरुको ‘यो सरकारले कटौती गरिदिएको छ । यो सरकार खेलकुद विरोधी हो । यो कार्यले गर्दा’ खेलाडी र खेल क्षेत्रका व्यक्तिहरू समेत सरकारसँग निराश भएको भन्दै कम्युनिष्ट सरकारलाई गालीको बर्षा गरे ।
‘आफ्नोे पालामा धेरै विकास भएको र बजेट पनि धेरै ल्याएका थियौँ’, उनले भने, ‘अहिलेका कम्युनिस्ट जनप्रतिनिधिहरूले निर्वाचनमा दिएको आश्वासन जतिको पनि काम गरेका छैनन् ।’ कम्युनिस्टहरू जन्तालाई आँखामा छारो मात्रै हालेको उनको आरोप थियो ।

कार्यक्रममा विषेश अथिति बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, स्थानीय तहमा एक खेलकुद मैदानको अवधारणा अनुसार बागमती गाउँ पालिकाको वडा नं ४ प्युटार खयरघारि खेलकुद मैदानलाई माथिल्लो तहमा सिफारिस गरि पठाएको र गाउँ पालिकाले विगत देखिनै बजेटहरु थपिएको र अझै थपेर एक रङ्गशालाबनाउने योजना रहेको छ बताए ।
कार्यक्रममा नेपाली काँग्रेस नेता कार्यकर्ताहरको वाहुल्य थियो ।
कार्यक्रममा उपाध्यक्ष रञ्जना घिमिर,े वडाध्यक्षहरू जगतबहादुर लों, विजयकुमार लों, विष्णुप्रसाद तिमल्सिना, नारायण घले, साजन दर्लामी, लालबहदुर बोम्जन, नवराज सञ्जेल, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रभाकर पोखरेल, ललितपुर महानगरपालिका कांग्रेसका सचिव ध्रुब खनाल नेकपा एमाले जिल्ला सदस्य दुर्गप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा बकैया गाउँ पालिका मकवानपुर, ललितपुरको बागमती गाउँ पालिका र कोन्ज्योसो टिमसहित १८ क्लबको सहभागिता छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : ३६ बजे