४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

१ कार्तिक  २०७६,काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए को नवौं अधिवेशनका लागि भएको निर्वाचनमा प्रगतिशील समूहबाट कुमार पन्त अध्यक्षमा बिजयी हुनुभएको छ ।

लोकतान्त्रिक समूहका कुल आचार्यलाई पछि पार्दै पन्तले बाजि मारेका हुन् । पन्त समूहबाट महासचिव, सचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी बिजयी भएका छन् । अन्य बिजयी भएकापदाधिकारीको नाम सार्वजनिक भएको छैन ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।

गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

प्रगतिशील प्यानलबाट बिजयी पदाधिकारीहरु

१. अध्यक्ष – कुमार पन्त

२. उपाधायक्ष– डा. वद्री केसी

३. उपाध्यक्ष–अर्जुन कुमार श्रेष्ठ

४. उपाध्यक्ष–सोनम लामा

५. महासचिव–हेमराज शर्मा

६. सचिव– गौरी जोशी

७. सचिव – आरके शर्मा

८. कोषाध्यक्ष  – महेशकुमार श्रेष्ठ

९. सहकोषाध्यक्ष – लोकप्रसाद दाहाल

१०. महिला संयोजक – भुमा लिम्बू

लोकतान्त्रिक यानलबाट बिजयी पदाधिकारीहरु

१. उपाध्यक्ष – मन केसी

.महिला उपाध्यक्ष –  रविना थापा

बिहिबार भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियो । जम्मा मतदाता सख्या २६ सय १३ रहेका थिए ।

हिजो राति १० बजेदेखि शुरु भएको मतदानको परिणाम सार्वजनिक भएको हो । मतपरिणाम अनुसार मतदान ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  २ : २४ बजे