८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दलित अधिकारकर्मी गरिन, पत्रकारिता पुरस्कारको घोषणा


३ कार्तिक २०७६, आइतबार  

0
Shares

०३ कार्तिक २०७६, काठमाडौं । दलित अधिकारकर्मी डा विष्णुमाया परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गर्नु भएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा शनिबार आयोजित गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का दलित समुदायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा डा परियारले रु २० हजार राशिको पुरस्कार घोषणा गर्नु भएको हो ।

सो अवसरमा डा परियारले आफू अमेरिकामा बसे पनि नेपालको दलित आन्दोलन र दलित समुदायको उत्थानका लागि क्रियाशील रहेको बताउनुभयो । उहाँले गोर्खालगायत छ जिल्लाका झण्डै २० हजार दलित तथा गरीब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । नेपाल दलित महिला उत्थान सङ्घ ९एड्वान० की संस्थापक अध्यक्ष डा परियार हाल अमेरिकाको जर्सी सिटीका मेयरको सल्लाहकार हुनुहुन्छ । संयुक्त राष्टसंघको सीएसडब्लु प्लानिङ कमिटीका साथै एनजिओ मेजर ग्रुपमा क्रियाशील हुनुहुन्छ ।

कार्यक्रममा जातिभेदविरुद्ध विश्व मञ्चका अध्यक्ष तीर्थ बर्माले पनि रु १० हजार राशिको पुरस्कारको घोषणा गर्नुभएको छ । बर्माले व्यक्तिगतरुपमा सो पुरस्कारको घोषणा गर्नुभएको हो । आफूहरु अमेरिका रहे पनि दलित आन्दोलनभन्दा टाढा नरहेको चर्चा गर्दै बर्माले राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नासो कम्युनिटीका संस्थापक अध्यक्ष धर्म विश्वकर्माले दलित समुदायका पत्रकारलाई खोज तथा अनुसन्धानमूलक कार्यक्रम मिडिया ल्याउन आग्रह गर्नुभयो । दलित समुदायका पत्रकार सङ्गठित भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरी दलित आन्दोलनमा थप योगदान पु¥याउने उहाँको प्रतिबद्धता छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडीले राजनीतिक स्वार्थभन्दा माथि उठेर दलित समुदायको चौतर्फी विकासका लागि सङ्घले काम गर्दैै आएको बताउनुभयो । स्थापनाको छोटो समयमै सङ्घ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित भएको उहाँको भनाइ छ । देशभरका झण्डै १५ सय दलित समुदायमा पत्रकारलाई सङ्गठित गरी आन्दोलनलाई थप उचाइमा पु¥याउने अभियानमा सङ्घ लागेको उहाँले जानकारी दिनुभयो ।

परियार र बर्माले घोषणा गरेको पुरस्कारसँगै नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा वितरण गरिने पत्रकारिता पुरस्कारको सङ्ख्या वार्षिक छ पुगेको छ । यसअघि सङ्घले टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार, राममाया च्यामे लोक पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार र परशु–सगुरी पत्रकारिता पुरस्कारको स्थापना गरिसकेको छ । ती पुरस्कार वार्षिकरुपमा वितरण गरिने बताउनु भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : ४८ बजे