२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कस्तुरीको बीनासहित दुई भारतीय नागरिक पक्राउ


६ कार्तिक २०७६, बुधबार  

0
Shares

६ कार्तिक २०७६,सिरहा । सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट े कस्तुरीको बीनासहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हाे ।

नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको छ ।

त्यसैगरी जाँच गरेपछि कस्तुरीको बीना बरामद भएकाले दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले जानकारी दिनुभयो ।
बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : ४९ बजे