१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा अवैध रुपमा लगाइएको पाँच सय रापनीको गाँजाखेती नष्ट


७ कार्तिक २०७६, बिहिबार  

0
Shares

७ कार्तिक २०७६, ललितपर। ललितपुरमा प्रहरीले अवैध रुपमा पाँच सय रोपनीमा लगाएको गाँजा नष्ट गरेको ।   महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको  सिमानामा लगाइएको गाँजा बुधबार ललितपर प्रहरीले नष्ट गरको हो ।

उक्त ठाउँमा ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, महानगरिय प्रहरी परिसर जाउलाखेलका प्रमुख एसएसपी टेक प्रसाद राई र २०० प्रहरीहरुसहित टोली बुधबार बिहान त्यो ठाठँमा पुगेको थियो ।

त्यसैगरी ठुलो क्षेत्रमा गाँजा खेती गरिएको गोप्य सचना वाएलगतै प्रहरी त्यस ठाउँमा पगेको वरिष्ट प्रहरी अधिक्षक टेक प्रसाद राईले जानकारी गराए । उनका अनुसार त्यो क्षैत्रमा ५०० रोपनीमा खेती गरिएको प्रहरीले अनुमान गरेको छ । लाकुरी भञ्जाङ्गदेखि १ ५० किलाृमिटर टाढा ठाउँमा लगाइएको गाँजा प्रहरीले नष्ट गरिएकोमा स्थानीयले आकुोश ब्यक्त पोखेका थिए ।

वन्यजन्तुले बालिनाली लगाउन नदिएपछि गाँजा हुर्काउन वाध्य भएको स्थानीय ठुली तामाङले बताइन्। ‘मुठाको डेढ देखि दुईसयमा बिक्रि हुन्छ’, ठुलीले भनिन्,‘हाम्रो पेट भर्ने बाटो नै यही हो।’ सिडियो पाण्डेयले भने कानूनले निषेध गरेको कामलाई प्रशासनले रोक लगाउनु बाहेक अन्य विकल्प नभएको बताए।

स्थानीयहरुको भनाई अनुसार मकै, धान र अन्य फलफूल तरकारी लगाउदा वन्यजन्तुले खाइदिएर घरमा भित्रयाउन नदिएकाले वाध्य भएर विकल्पको रुपमा गाँजा लगाएको स्थानीय ठुली तामाङले बताइन् । मुठाको रु १५० सय देदि रु २०० सयमा बिक्री हुन्छ’, ठुलीले भनिन् , ‘हाम्रो दैनिक साँझ बिहानको छाक टार्ने बाटो यही हो’  अरु विकल्प छैन ।

त्यसैगरी कानुनले निषेध गरेको कार्यलाई प्रशासनले रोक लगाउनु बाहेक अरु विकल्प नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउन् भयो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  ९ : ४५ बजे