८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘काठमाडौं उपत्यकाका सडक माघ अघि नै बन्छ ।’ ः मन्त्री महासेठ


११ कार्तिक २०७६, सोमबार  

0
Shares

११ कात्तिक ०७६, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं उपत्यकाका सडक माघअघि नै व्यवस्थित हुने विचार व्यक्त गरेका छन्
उनले भने,‘आउने मंसिर १ गतेदेखि सबै ठाउँमा म हात हाल्दैछु । म आएको १९ महिना भयो । अब म २ महिना समय मागेको छु । अहिलेपनि हामीलाई समस्या छ । तर, काठमाडौं उपत्यकाभित्रका सबै सडकहरु व्यवस्थित् गर्छु ।’
त्यस्तै, उनले काठमाडौंको कालिमाटीको पुलका कारण ठूलो जाम हुने गरेको सुनाए । महासेठले थपे,‘कोटेश्वरमा बढि जाम छ । चावहिलमा छ । गौशालामा छ । हामी काठमाडौंलाई व्यवस्थित् गर्न गैरहेका छौं । ७ वटा ठाउँलाई पहिलो प्रिफेरेन्समा राखेका छौं । सैद्धान्तिक सहमतिको लागि सम्बन्धित निकायमा पठाएका छौं । कोटेश्वर, गौशला, चावहिल, नयाँ बानेश्वर, थापाथली, त्रिुपरेश्वर र कालिमाटीको कुरा छ । आधुनिक ओभरहेड ब्रिड, अन्डर पास र टनेल बनाउनेबारे डिजाईन गरिसकेका छौं ।’
सुरुङमार्गमा त ४२ महिनाको समय दिएपनि, ३६ महिनामा सम्पन्न गर्न भनेर आफूहरुले भनिसकेको सुनाउँदै उनले भने,‘सम्झौतअनुसार निर्माण व्यवसायीले काम गर्नुपर्छ । पुल भाँचिएर वा भासिएर दुर्घटना भयो भने हामी नै जिम्मेवार हुनुपर्छ । कालीमाटीको हकमा निर्माण व्यवसायीले रातोरात विभागलाई थाहा नदिई काम गरेको रैछ । मैले तोड्न निर्देशन दिएको हुँ । जबरजस्ती बनाएकोले समस्या भएको हो । हामी कानूनी राज्यमा छौं । अदालतबाट टेस्टको आदेश भएको छ । निर्माण कम्पनीले पनि टेस्टको माग गरेको छ । त्यही भएर समय लागेको छ । म भन्छु यो पुल कमजोर छ । अलिकति ढिलाई भएकै हो । अब एकदेखि डेढ महिनाभित्र नयाँ बन्छ । तिनकुनेनिरको बाग्मती पुलमा पनि समस्या छ । हामीले दिएको रि–डिजाईनअनुसार काम गर्न भनेका छौं । तिनकुनेको पनि हामीले नयाँ डिजाईन बनाईसकेका छौं ।’
कलंकी–नागढुगा र जोरपाटी–साँखु सडकपनि आगामी मंसिर १५ भित्र व्यवस्थित् गर्नको लागि आफूबाट निर्देशन भैसकेको उनले सुनाए । उनले भने,‘हामीले तुरुन्त पिच गर्न निर्देशन दिएका छौं । गम्भिर छौं । आशा राखौं मंसिरभित्रै काम सम्पन्न भैसक्छ ।’ जोरपाटी–साँखु सडक देशकै सडक भएकोले यसबारेमा सरकार गम्भिर रहेको पनि उनको प्रतिक्रिया छ । उनले भने,‘हामी मेयरलाई पनि सरकारकै मेयर मान्छौं । सांसद र मेयर (उहाँहरु) को लडाईमा हामी पर्न चाहँदैनौं । १४ मिटर दिन तयार तयार छन् । हाम्रो २२ मिटरको डिजाईन हो । २२ मिटर बनाउँदा चार लेन बन्छ । यसो हुँदा ५०÷६० वर्षको लागि पुग्छ । सडक विस्तारको क्रममा हुने क्षतिपूर्ति दिनैपर्छ । हामी दिन्छौं । अदालतको निर्णय हो । हामी कमभन्दा कम क्षति चाहन्छौं ।’
काठमाडौं उपत्यकाको सडक भनेर कहिलेकाहीँ सामाजिक सञ्जालमा भारतको बिहार र बंगलादेशका भत्किएका सडकहरुको फोटोहरु पनि सार्वजनिक गर्ने गरिएकोमा उनले गुनासो पोखे । यद्धपी आफूहरुले त्यसलाई पनि नकारत्मक रुपमा नलिएको स्पष्ट पारे । ‘यो देखेर हामी सतर्क हुन्छौं, प्रत्येक राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न भएका छन् । हुलाकी राजमार्ग, मदन भण्डारी मार्ग, मध्य पहाडी राजमार्ग, महेन्द्र राजमार्गलगायतका राष्ट्रिय राजमार्गहरु समयभन्दा पहिले नै सम्पन्न गर्न गैरहेका छौं । कामले गति लिएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘०७४÷०७५ आधार वर्षको रुपमा लियौं, २०७५–०७६ योजना वर्षको रुपमा लिएर अघि बढेका हौं । यो सरकार सबै मोर्चामा प्रत्येक दिन एक कदम अगाडि बढिरहेको छ। यो सरकार गठन भएदेखि हामी एक कदम अगाडि बढिरहेका छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्र्द उनले विस्तारै–विस्तारै सरकारले गति लिएको विश्वास दिलाए । उनले भने,‘यो सरकार प्लानिङ गरेअनुसार पूर्वाधार र विकासको क्षेत्रमा अगाडि बढिरहेको छ । आर्थिक वृद्धिद्धर बलियो भैरहेको छ । अहिले शान्ति, सुरक्षाको स्थिति देशभरि व्यवस्थित् भएको छ ।’ उनले सरकार नेपाल भ्रमण वर्ष–२०२० को तयारीमा जुटिसकेको पनि बताए ।
त्यस्तै, सरकारले कृषिमा नयाँ–नयाँ प्रविधि भित्र्याईरहेको पनि उनले दाबी गरे । उनले भने,‘सरकारले कृषि क्षेत्रमा पनि फड्को मारेको छ। भूमि सुधारको क्षेत्रधमा पनि धेरै नयाँ–नयाँ कानून बनाएका छौं । कतिपय कानून संशोधनको अन्तिम स्थितिमा आएका छौं । नयाँ कानूनहरु संसदमा छदलफलको क्रममा रहेका छन् ।’
मन्त्री महासेठले विकास र समृद्धिको यात्रामा पनि वर्तमान सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको कुरा दोहोर्याए । उनले भने,‘मिडियामा मैले हेरेको थिएँ की सडकको क्षेत्रमा खासै प्रगति भएन भनिएको छ, तर म भन्छु धेरै प्रगति भएको छ । पूर्वाधार विकासमा सरकार लक्ष्यभन्दा अघि नै छ । एक वर्षमा एक हजार किलोमिटर सडक बनायौं । हामी बास्तवमा पूर्वाधार विकास खासगरी सडकको काममा तुलनात्मक रुपमा दिनप्रतिदिन अगाडि बढिरहेका छौं । स्वभाविक रुपमा हामीले धेरै आलोचना सुन्नु परेको छ। यो सडक यसरी दुई दिनमै बिग्रियो भनेर कुरा आउँछ । हामीले तुरुन्तै एक्शन लिन्छौं । हामीले देशभरि ८ मिटरभन्दा बढिका सडक हेरिरहेका छौं । त्यो भन्दा मुनिको सडक प्रदेश सरकार, महानगरपालिकाहरुले बनाईरहेका छन् ।’

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : १८ बजे