२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज नेवारी समुदायको किजा पूजा, सरकारले दियो सार्वजनिक विदा


१३ कार्तिक २०७६, बुधबार  

0
Shares

१३ कात्तिक ०७६, काठमाडौं । आज बुधबार नेवारी समुदायले किजा पूजा गर्ने भएका छन् । मंगलबार म्ह पूजा गरेका नेवारी समुदायले बुधबार मात्रै किजापूजा गर्ने भएका हुन् ।
मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् । पञ्चाङ्गनिर्णयक समितीले बनाएको तिथि मिती र क्यालेण्डरलाई नेवार समुदायका अगुवाहरुले अवज्ञा गर्दै विरोध गरेपछि बुधबार सरकारले सार्वजनिक विदा दिएको छ ।
यही विदाको सदुपयोग गर्दै नवारी समुदायले किजा पूजा गर्दैछन् । बुधबार तृतियाको केही तिथि रहेकोले टिका लगाउन मिल्ने उनीहरुको भनाई छ । मंगलबार नेपाल सम्बत् नेवारी समुदायले मान्ने नेपाल सम्बत्को नयाँ बर्ष थियो । मंगलबार बाट ११४० नेपाल सम्बत् शुरु भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ८ : ३६ बजे