८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बसको ठक्करबाट एक जनाको मृत्यु


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

१७ कार्तिक ०७६ कैलाली । बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नम्बरको यात्रुवाहक बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा घोडाघोडी –१० पहलमानपुरका रामबहादुर चौधरी रहेका इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताउनुभयो । त्यस्तै दुर्घटनामा परी घाइते भएका सोही ठाउँका मानबहादुर चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ४२ बजे