२० कार्तिक ०७६ काठमाडौं । काठमाडौंको बेँसीगाउँबाट नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ पक्राउ गरेको छ ।
बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाको आधारमा दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई महानगरीय प्रहरी कार्यालय बौद्धले नियन्त्रणमा लिएको हो ।
लामो समयदेसख ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहँेलो धातु बोकेर बिक्री वितरणका लागि ठगी गर्ने व्यक्ति हिँडिरहेका प्रहरीले बताएको छ ।
त्यसैगरी पक्राउ परेका ब्यक्तीहरुलाई आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने बौद्धका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया