
२१ कार्तिक ०७६ काठमाडौं । नेपाल प्रहरीले गैरकानूनी हातहतियारसहित काठमाडौँको कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार अमेरिकन पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
त्यसैगरी काठमाडौँ उपत्यकाभित्र केही व्यक्तिले गैरकानूनीरुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाले देवेन्द्र भण्डारी, सुमन खड्का, मनोजकुमार बस्नेतलाई बल्खुबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँगै बा १७ च ८३६४ नम्बरको महेन्द्रा गाडीसहित पक्राउ गरेको हो भने कीर्तिपुरस्थित सुमन खड्काको घरमा इँटाले छोपी लुकाइराखेको अवस्थामा पेस्तोलको म्याग्जिनमा लोड भएको अवस्थामा प्रहरीले गोली फेला पारेको हो ।







प्रतिक्रिया