८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बचत संघमा प्रचण्ड नआउदा विजोक


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

बचत संघको रजत महोत्सव समापन कार्यक्रममा सहभागीहरु । ललितपुर खबर

२२ कार्तिक ०७६, पाटन । ललितपुर बचत तथा ऋण सहकारी संघको रजत महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुष्पकमल दाहाल प्रचण्ड नआइदिदा भद्रगोल देखिएको छ । विहीबार पाटनको एक पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको भनेर प्रचार गरिए पनि प्रचण्ड सहभागी हुनु भएन ।
दिउँसो १ बजे राखिएको कार्यक्रम भण्डै ३ बजेसम्म शुरु नहुँदा सयौं सहकारीकर्मी छट्पटाएको देख्न सकिन्थ्यो ।
सिंहदरवारमा छलफल गर्नु पर्ने भएको हुँदा प्रचण्ड सहभागी हुन नसकेको कार्यक्रममा जानकारी दिईएको भए पनि प्रचण्ड संघको कार्यक्रमलाई महत्व नदिएर काठमाडौं बाहिर गएको बुझिएको छ ।
कार्यक्रमलाई प्रचण्डले शुभकामना सन्देश दिइएको भन्दै सुनाइएको थियो । कार्यक्रममा प्रचण्ड नआए पछि ललितपुरकी संघीय सासंद पम्फा भुसालले दियो बालेर कार्यक्रममो उद्घाटन गर्नु भयो । तर कार्यक्रममा प्रमुख अतिथिको नाम पुष्पकमल दाहालको नाम अंकित सम्मान पत्र वितरण गरिएको थियो ।
नेकपा नेताको भिडभाड

नेकपा नेताहरको बीचमा संघका अध्यक्ष रामहरि बजगाई ।

सहकारीको कार्यक्रममा नेकपा नेताको भिडभाड देखिन्थ्यो । कार्यक्रममा ललितपुर नेकपाका अध्यक्ष हरिकृष्ण व्यन्जनकार,संघीय सांसदहरु पम्फा भुसाल, नवराज सिलवाल, प्रदेश सासंदहरु चेतनाथ सञ्जेल,राजकाजी महर्जन, दिनेश महर्जन, शोभा शाक्य,जीवन खड्का,ञानेन्द्र शाक्य, गंगा पराजुलीलगायत दर्जनका संख्यामा नेकपाका नेताहरु निम्त्याएको थियो ।
कार्यक्रममा अथिती बोलाउदा संघका अध्यक्ष रामहरि बजगाँईले दलीय सन्तुलन नमिलाई सहकारीको कार्यक्रमलाई राजनीतिक कार्यक्रमजस्तो बनाइएको भन्दै एक सहभागीले ललितपुर खबरसँग गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,बोलाएपछि नेकपाका नेताहरु सहभागी हुनु नौलो कुरा होइन तर यस्तो कार्यक्रम आयोजना गर्दा दलीय सन्तुलन मिलाउदा राम्रो हुन्छ ।’
कार्यक्रममा अथितीको रुपमा नेपाली काँग्रेसको जिल्ला सभापति मदन बहादुर अमात्यको नाम लिइएको थियो तर उहाँ सहभागी हुनु भएन ।
कार्यक्रममा अर्का सहभागीले नेकपाको कार्यक्रम जस्तो भएको भन्दै आएका अर्का सहभागीले ललितपुर खबरसँग गुनासो गर्नुभयो

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : ३५ बजे