२२ कार्तिक ०७६, जोहर । मलेसियामा सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मृत्यु भएको छ ।
मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि के कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिक स्रोतले जनाएकाे छ ।
त्यसैगरी यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित निकायलाई आग्रह गरेकाछन्। यादव दुई वर्षअगाडि रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।
प्रतिक्रिया