८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शिक्षकले विद्यार्थीको कपाल काटेपछि डुकुछापमा विवाद


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

वडा सहायक सचिवसँग गुनासो गर्न पुगेका पिडित विद्यार्थीहरु ।

लपु संवाददाता
२२ कार्तिक ०७६, ललितपुर । ललितपुर गोदावरीनगरपालिका ८ ढुकुछापस्थित गणेश मा.वि.मा अध्ययनरत विद्यार्थीहरुको कपाल मुण्डन गरेर व्यइज्जत गरेको भन्दै अभिभावक माइला थिङ्गले विरोध गर्नुभएको छ । शितल सिंह तामाङ्गका वावु विहीबार अभिभावक माइला थिङ्गले आफ्ना विद्यार्थीको जथाभावी कपाल काटिदिएको पुष्टि गर्नु भयो । उहाँले भन्नु भयो, ‘बद्री सर र ध्रुव सर आएर कपाल काट्नु भन्नु भएको थियो । मैले अहिले नै कपाल काट्न पठाउ भन्दा विदाको दिन काटे हुन्छ भन्दै जानु भयो । तर बच्चाको कपाल काटेर पठाउनु भएछ ।’ थिङ्ग आज र भोलि विदा रहेकोले आइतबार विद्यालयमा बुझ्न जाने बताउनु भयो ।

कपाल काटिएका विद्यार्थीहरु ।

वडा सहायक सचिव मुकुन्द घिमिरेले गोदावरी नगरपालिका ८ डुकुछाप राहत प्र. अ. बद्री पौडेल र शिक्षक राजु अधिकारीले विद्यार्थीहरुको कपाल मुण्डन गरेर पिडा दिएको बताउनु भयो । उहाका अनुसार विद्यार्थीहरु शितल थिङ्ग,सुमन भ्लोन,सरोज जिसी,अमित दनुवार, सुदिप दनुवार,सन्दिप दनुवार,विवश घिमिरे, विवेक न्यौपाने,सन्जिव दनुवार, सचिन दनुवार,विधान थिङ्ग,करुण दनुवारको कपाल काटिएको हो ।
ललितपुर छम्पीका स्थानीय शैलेन्द्र विष्टले वालमैत्री घोषणा भएको विद्यालयमै वालवालिकालाई यातना दिने घटना घट्नु दुखद भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘विद्यार्थीलाई यस्तो यातना दिनुअघि विद्यार्थीको बारेमा अभिभावकहरुसँग कुनै छलफल भएको थिएन ।’


शितल सिंह तामाङ्गका वावु विहीबार अभिभावक माइला थिङ्गले आफ्ना विद्यार्थीको जथाभावी कपाल काटिदिएको पुष्टि गर्नु भयो । उहाँले भन्नु भयो, ‘बद्री सर र ध्रुव सर आएर कपाल काट्नु भन्नु भएको थियो । मैले अहिले नै कपाल काट्न पठाउ भन्दा विदाको दिन काटे हुन्छ भन्दै जानु भयो । तर बच्चाको कपाल काटेर पठाउनु भएछ ।’ थिङ्ग आज र भोलि विदा रहेकोले आइतबार विद्यालयमा बुझ्न जाने बताउनु भयो ।


आफ्नो विद्यालयमा पढ्ने विद्यार्थीहरुको अनुशासन नभएको र पटक पटक अनुरोध गर्दा अटेर गरेकोले विद्यार्थीहरुको कपाल काटिदिएको विद्यालयका प्रअ बद्री पौडेलले स्विकार गर्नुभयो । ‘यहाँका विद्यार्थीले भनेकै मान्दैनन,‘बहिनीलाई गाली गरेको भन्दै विद्यार्थी रोशनी रायमाझी छतबाट हाम फाल्न लागेको उदारण दिदै प्रअ बद्री पौडेलले भन्नु भयो, हामी हैरान भइसक्यौं,
उहाँले विद्यार्थीहरुले विद्यालय जाँदा स्कूलका पोशाक नलगाई जाने गरेको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ५५ बजे