८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कार्तिक नाच चलाउन बजेट अभाव


२३ कार्तिक २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
२३ कार्तिक ०७६, पाटन । हरेक कार्तिक देखि सञ्चालन हुने कार्तिक नाचका लागि बजेट अभाव भएको छ । सरकारी निकायबाट न्युन बजेट विनियोजन हुने र चन्दाको भरमा नाच चलाउनु पर्दा खर्च अभाय भएको हो ।
बजेट अभावको कारण बद्दो महँगी पनि कारक तत्व रहेको कार्तिक नाच संचालन सकितीका सहकोषध्यक्ष सुरेस महर्जनले बताउनु भयो ।
खर्च अभावका कारण अघिल्ला बर्षहरुमा श्रृगार कलाकारले गर्नु पर्ने शर्तमा ३ देिख ४ सय हाराहारीमा बजेट अनुसार दैनिक भत्ता दिने गरेको महर्जनले बताउनु भयो ।
उहाँका अनुसार बजेट अभावमा खर्च कटौती गरेर अघिल्लो बर्ष ६ लाख पचास हजारमा पु¥याएको दावी गर्नुभयो ।
संस्थाका अध्यक्ष किरण चित्रकारले हरेक बर्ष केही न केही गरगहना फेर्नु पर्ने अवस्था रहे पनि फेर्न नसकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कलाकारले नाचमा प्रयोग गर्ने ३० जोर भन्दा धेरै कपडा आवश्यक पर्छन् । ती थोत्रा छन् । फेर्न सकिएको छैन ।
उहाले भन्नु भयो , हामीले १६ लाख ५० हजार बजेट बनाएर पेश गरेका थियो तर तालुक निकाय पुरातत्व विभागले १ टिन ध्यू र चार माना केराउ दिने गर चलन छ भन्दै कार्तिक नाच समितीलाई जानकारी दिए पछि अपुग खर्च नलिइएको चित्रकारले बताउनु भयो । उहाँका अनुसार कार्तिक नाचका लागि कलाकारहरुलाई ४ महिनादेखि तालिम दिनु पर्ने हुन्छ । त्यसको भत्ता जोड्ने हो भने बजेट अझ बढ्छ ।

दरवार परिसरमा राखिएको चन्दादाताको नामावली हेर्दै एक सथानीय । तस्विर ललितपुर खबर

हरेक ६ बर्षमा कार्तिक नाचका कपडा र मुकुट फेर्नुपर्ने माग्यता रहे पनि आर्थिक अभावका कारण बर्षैैदेखि पुराना कपडा प्रयोग हँुदै आएको छ ।
कार्तिक नाचका लागि चन्दा संकलन गरेर कार्तिक नाचको संस्कृती स्थानीयबासीले धानिरहेको चित्रकार बताउनु हुन्छ ।
नाच सञ्चालनका लागि ललितपुर नगरपालिकाबाट २ लाख प्राप्त भइरहेका छ । पाटन संग्रालयबाट २५ हजार बजेट छुट्याउने गरेको छ भने ललितपुर महानगरपालिका वडा नं. १६ बाट १ लाख बजेट प्राप्त हुन्छ । चन्दा दाता र स्थानीयबासीको दानपछि बजेट ६ लाख ५० हजार आपपास हुने सहकोषध्यक्ष महर्जन बताउनु हुन्छ ।
चन्दा दाताको नामावली दरवार परिसरमा प्रकाशन गरेर राखिएको छ । धेरै चन्दा दिने चन्दादातालाई सम्मान गर्ने चलन छ । नाचको मुकुट पुरानो भएको र कपडा र मुकुट फेर्न लाखौं खर्च लाग्छ । प्रायोजक पाए पछि फेर्ने योजना रहेको महर्जन बताउनु हुन्छ । मुकुटका लागि १ किलो बराबरको चाँदी आवश्यक पर्छ ।
एकातिर बजेट अभावका कारण कार्तिक नाच चलाउन गाह्रो भइरहँदा अघिल्ला बर्षहरु भन्दा यस बर्ष कार्तिक नाच हेर्ने दर्शकको आर्कषण ज्यादा छ । महजर्नका अनुसार पाटनमा नेवारी समुदायभन्दा अन्य समुदायले रुचिपुर्वक नाच हेर्ने गरेका छन् । अघिल्ला बर्षहरुमा कार्तिक नाच शुरु भएको छैटौं दिनसम्म खासै दर्शक हुन्थेन ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १० : २७ बजे