२३ कार्तिक ०७६, दमौली । जिल्लाका छुट्टाछुट्टै ठाउँमा आज दुई शव फेला परेका छन् । आँबुखैरेनी र देवघाट गाउँपालिकामा एक पुरुष र एक महिलाको शव फेला परेको हो । उनीहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी आबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी नदी किनारमा महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । यस्तै देवघाट गाउँपालिका–५ स्थित गलेश्वर मन्दिरको छेउमा पुरुषको शव फेला परेको छ । दुवै जनाको पहिचान खुलाउन प्रयास भइरहेको लामिछाने बताउनुभयो ।
प्रतिक्रिया