२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दमौलीको छुट्टाछुट्टै ठाउँमा दुई शव फेला


२३ कार्तिक २०७६, शनिबार  

0
Shares

२३ कार्तिक ०७६, दमौली । जिल्लाका छुट्टाछुट्टै ठाउँमा आज दुई शव फेला परेका छन् । आँबुखैरेनी र देवघाट गाउँपालिकामा एक पुरुष र एक महिलाको शव फेला परेको हो । उनीहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरी आबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी नदी किनारमा महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । यस्तै देवघाट गाउँपालिका–५ स्थित गलेश्वर मन्दिरको छेउमा पुरुषको शव फेला परेको छ । दुवै जनाको पहिचान खुलाउन प्रयास भइरहेको लामिछाने बताउनुभयो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।