११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज झिनो अङ्कले घट्यो नेप्से


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

२४ कार्तिक ०७६, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ ।
साताको पहिलो दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.१८ विन्दुले घटेर एक हजार १३१.८० विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले सुधार भएको छ । सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४९.०१ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकममा भने अपेक्षित सुधार देखिएको छ । कूल १६३ कम्पनीको १० लाख आठ हजार ८०९ कित्ता शेयर रु २९ करोड ३१ लाख ४९ हजार ४४ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०।२६, होटल १५.०१, विकास बैंक २.१५, जलविद्युत् ७.२, जीवन बीमा ३९.३७ र सामूहिक लगानी कोष ०.११ विन्दुले घटेको छ ।
यस्तै वित्त ०.६८, निर्जीवन बीमा २.८३, उत्पादन ९.६७, अन्य ५.६८ र लघुवित्त ४.०१ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर कूल रु पाँच करोड ७४ लाख ३१ हजार ७१९ मा कारोबार भयो । यस्तै प्रभु बैंक रु दुई करोड ७५ लाख ४७ हजार ८३२, नेपाल बैंक रु दुई करोड ११ लाख १४ हजार ९९०, माछापुच्छ्र बैंक रु एक करोड १३ लाख ५५ हजार १३०, एनआइसी एशिया बैंक रु एक करोड सात लाख ९२ हजार ८६ र नबिल बैंकको शेयर रु ७६ लाख ७४ हजार ४४१ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४।४६ प्रतिशतले कमाउँदा युनियन हाइड्रो पावर ३.८५, खानीखोला हाइड्रोपावर ३।७०, स्वदेशी लघुवित्त वित्तीय संस्था २।९०, गुर्खाज फाइनान्सका लगानीकर्ताले २।७३ प्रतिशतले गुमाए । त्यस्तै रैराङ हाइड्रो पावर ४।८०, तारागाउँ रिजेन्सी होटल ३।५५, सिन्धु विकास बैंक ३।१७, पाँचथर पावर ३।१२ र अरुण काबेली पावरका लगानीकर्ताले ३।१० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : १४ बजे