११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

२४ कार्तिक ०७६,बाँके । बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको आक्रमणमा परेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज अपरान्ह् ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटे बाघले आक्रमण गरेको थियो ।

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटे बाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर–१३ नयाँबस्तीका स्थानीयवासी निरकबहादुर शाहीले जानकारी दिनुभयो ।

पछिल्लो समय बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमीले गर्दा मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको छ । निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेकाले स्थानीयवासी शाहीले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : ३९ बजे