फाइल तस्वीर
२५ कार्तिक ०७६ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले नेता अमृतकुमार बोहोरालाई अनुशासन आयोगको अध्यक्षमा चयन गरेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको बैठकले पार्टी नेता बोहोरालाई आयोगको जिम्मेवारी दिएको छ । । आयोगको सचिवमा नेता अशोक रोकायालाई जिम्मेवारी पठाएको छ ।
सचिवालय बैठकले जेष्ठ नागरिक मञ्चको अध्यक्ष नन्दकुमार प्रसाइँ र सचिव गोविन्द ज्ञवाली रहने गरी निर्णय गरेको छ । त्यसतैगरी लेखा आयोगको अध्यक्षमा डा पुष्प कँडेल तथा सचिवको जिम्मेवारी लेखनाथ आचार्यलाई दिइएको छ । निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल तथा सल्लाहकार कमिटीको अध्यक्षमा केशब बडाल र सचिवमा नन्दकुमार थापा राखेको छ ।
बैठकमा प्रधानमन्त्रीले सरकारको कामलाई चुस्त बनाउने पर्ने विषयमा परामर्श गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
यसैगरी बैठकमा भारतसँगको सीमाविवादमा सरकार संवेनशील रहेको प्रधानमनत्रीले ब्रिफिङ गर्नुभएको छ ।
प्रतिक्रिया