८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘लिपुलेक, कालापानी नेपालको हो’ हस्ताक्षर अभियान सुरु


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

अभियान घोषणा कार्यक्रममा सहभागीहरु ।

२६ कात्तिक ०७६, काठमाडौं । राष्ट्रका लागि युवाको आयोजनामा ‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान सुरु गरेको छ । उक्त हस्ताक्षर अभियान देशभरि सञ्चालन गरिने आयोजकले जनाएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराईएको छ । निकोलस भुषालको नेतृत्वमा राष्ट्रका लागि युवाले पहिल्यैदेखि विविध सामाजिक तथा वातावरणीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ८ देखि दश लाख हस्ताक्षर संकलन भैसकेपछि नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित् राष्ट्रसंघको मुख्यालयमा पठाउने पनि आयोजकले जनाएको छ ।
हस्ताक्षर संकलन र निःशुल्क स्वास्थ्य शिविर तथा पर्यटन प्रर्वद्धनको लागि स्वर्गको टुक्रा दार्चुलाको कालापानी र लिपुलेक जाने कार्यक्रम पनि रहेको आयोजकले बतायो । कार्यक्रममा सामाजिक अभियन्ता आशिका तामाङ, हिमाल सरसफाई अभियान्ता पिके शेर्पा, बरिष्ठ समाजसेवी उर्मिला डंगोल, सामाजिक अभियन्ता पुण्यप्रसाद गौतम, सामाजिक अभियन्ता रुपक अधिकारी, प्राध्यापक डा. विष्णु पाठकलगायतले लिपुलेक र कालापानी र लिपुलेक नेपालको भएको बताउँदै यसको लागि आफूहरु सशक्त भएर लाग्ने बताए ।
उनीहरुले नेपालको आफ्नो भू–भाग जसरीपनि फिर्ता लिनुपर्ने बताएका छन् । उनीहरुले यसका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उपस्थिति सबैले आफूहरुको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गर्न अपिल गरेका छन् । आजको कार्यक्रमको सञ्चालन लेनिन विष्टले गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।