४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वार्ताका माध्यमबाट सीमा विवादकाे हल गर्नुपर्छ : सभापति देउवा


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६,कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । अहिले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताउनुभयो ।

त्यसैगरी “कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, देउवाले भन्नुभयो, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको हो ।”

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको प्रष्ट पार्नु भएको थियो ।

महाकाली सन्धि भारतले कार्यान्वयन गर्नुपर्ने बताउनु भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : १५ बजे