२ मंसिर ०७६ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमफेदी कारागार कार्यालय मकवानपुरका जेलर चिरञ्जीवी थापाले रु एक करोड १३ लाख ६० हजार ४१० बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
त्यसैगरी आयोगले थापाको सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५÷७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएको सम्पत्ति अवैध रहेको आरोप लगाएको छ ।
थापाले सार्वजनिक पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी श्रीमती गोमा कट्टेल थापा नाममा पनि जम्मा गरेको पाइएको आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया