१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चित्र बहादुरलाई घरमै आइपुग्यो सरकारी जागिर


३ मंसिर २०७६, मंगलबार  

0
Shares

 ३ मंसिर ०७६, काठमाडौं । कालिमाटी गाउँपालिका -५ बालुुवाका १८ वर्षीय चित्रबहादुर रानामगरले सानै उमेरमा सरकारी जागिर पाउँछु भनेर सोचेका पनि थिएनन् । तर जिल्ला हुलाक कार्यालयका प्रमुखको नेतृत्वमा घरमै गएर टोलीले ‘योग्य हुनुहुन्छ’ भन्दै नियुक्तिपत्र थमाएपछि उनी आश्चर्यमा परे थिए ।

त्यस्तै नियुक्तिपत्र पाएपछि रानामगरले  ‘पाएको जिम्मेवारी पूरा गर्न सक्छु सर ।’ गाउँपालिकाको काल्चेस्थित इलाका हुलाक कार्यालयमा कर्मचारी आवश्यक परेपछि विपन्न परिवारबाट योग्य व्यक्ति छनौट गर्न लगाईएमा घरमै पुगेर नियुक्तिपत्र दिइएको जिल्ला हुलाक कार्यालयका प्रमुख धिरेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयाे ।

उनीसँग अहिले सम्पत्तिको नाममा एउटा खरको छानो  भएका  घर  छ चित्रबहादुर कक्षा १० मा अध्ययनरत छन्

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : २२ बजे