१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको महालक्ष्मीबाट लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान शुरु


८ मंसिर २०७६, आइतबार  

0
Shares

८ मसिर ०७६, महालक्ष्मी । महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराको साथ उक्त अभियानको आज शुभारम्भ गर्दै नगरपालिका उपप्रमुख निर्मला थापाले कार्यक्रमले महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने बताउनुभयो ।
नगरप्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाभित्र हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रमले विशेष गरी महिलाका अधिकार, कर्तव्य र दायित्वबोध गराउने छ ।”

सोमबारदेखि मङ्सिर २४ गतेसम्म चल्ने सो अभियानमा नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविका, महिला सदस्य, विद्यालयमा अध्ययनरत बालबालिकालाई महिला अभिमुखीकरणलगायत सकारात्मक सोच र आत्मरक्षाको तालीम पनि दिइने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ५१ बजे