७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुमन र बिधा को भिडमा पनि सार्वजनिक


१० मंसिर २०७६, मंगलबार  

0
Shares


१० मंसिर काठमाडौं । फिल्ममा व्यस्त नायक पल शाह पछिल्लो समय सेलेक्टेड गीतहरुमा मात्र देखिदै आएका छन् । अहिलेका डिमान्डेड नायक पल शाह र स्मृती श्रेष्ठको अभिनय रहेको गीत भिडमा पनि सार्वजनिक गरिएको छ । बिधान कार्कीको निर्देशनमा तयार भिडियोमा पल र स्मृतीको प्रेम लाइ भिडियोमा रोमान्टिक तवरमा देखाइएको छ ।

चर्चित गीतकार अम्बिका गुरुङको शव्द रहेको गीतमा पुरुषोत्तम सुवेदीको सुमधुर संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । गीतमा सुमन केसी र बिद्या तिवारीको आवाज रहेको छ । गायक सुमन केसी पछिल्लो समय चलचित्र पाश्र्व गायनमा व्यस्त छन् भने गायीका तिवारी रियालिटी शोहरु बाट चर्चा कमाएकी गायीका हुन् ।

भिडियोको मेकिङ उच्च देखाउन निर्देशक कार्कीले कुनै कसर बाकी राखेका छैनन् । कार्की अमेरीकामा फिल्म मेकिङ अध्ययन सकाएर देश फर्केका हुन् । भिडियोलाइ उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक कार्की बताउछन् ।

भावसागर इन्टरटेनमेन्ट र नेपसिने ले संयुक्त रुपमा निर्माण प्रस्तुत गरेको हो । सार्वजनिक भिडियोमा उत्सव दाहालको छायांकन , बिकाश दाहालको सम्पादन र रेनीस फागोको रंग संयोजन रहेको छ ।

भिडियाे  हेर्नका लागि :

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ४९ बजे