२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर क्यान्सर अस्पतालको नियुक्ति बदर गर्न निर्वाचन आयोगको निर्देशन


११ मंसिर २०७६, बुधबार  

0
Shares

११ मंसिर ०७६, भक्तपुर । भक्तपुरको क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा अजयकुमार झालाई नियुक्ति गरेको थियोे ।

त्यस्तैगरी जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले निर्वाचन आयोगले नियुक्ति बदर गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिनुभयो ।
त्यस्तै ती पदमा जुनसुकै तरिकाले नियुक्ति भएता पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा ९२० बमोजिम निर्वाचन आयोगले बदर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन समितिलाई निर्देशन दिएको छ ।

रासस

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।