१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कालु कुमालेको पुस्तक लोकापर्ण


१२ मंसिर २०७६, बिहिबार  

0
Shares

कालु कुमालेको पुस्तक लोकापर्ण गर्दै मेयर महर्जनलगायत ।

१२ मंसिर ०७६, ललितपुर । मूर्तिकार तथा क्रोधकला शिरोमणि कालु कुमालेको बारेमा लेखिएको पुस्तक ‘क्रोधकला शिरोमणि कालु कुमाले ’ लोकापर्ण गरिएको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको ’बुधबार वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् डा.सत्यमोहन जोशी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सासंद कृष्णलाल महर्जन र ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कमाचार्यले संयुक्त रुपमा लोकापर्ण गर्नु भएको हो ।
मूर्तिकार कालु कुमालेको ८६ औं जन्मोत्सवको अवसरमा पुस्तक सार्वजनिक गर्नुका साथै वृत्तचित्र तथा कलाकृति प्रदर्शनी पनि गरिएको थियो ।
पुस्तक लोकापर्ण गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले कालु कुमालेको मूर्तिमा दर्शन लुुकेको बताउँदै उनका मूर्ति अलगधारको रहेको बताउनु भयो । कुुमालेका मूर्तिमा आफ्नोपन भएको विचार व्यक्त गर्दै कुमाले राष्टको गौरब भएको स्पष्ट पार्नु भयो । उहाँले भौतिक पूर्वाधार निर्माणले मात्रै मुलुक समृद्ध नहुने बताउँदै समृद्धिका लागि कलाको संरक्षण र कलाकारको सम्मान गर्नुपर्ने धारणा राख्नु भउको थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कालु कुमाले राष्ट्रको गौरव भएको बताउनु हुँदै उहाँको कलाले ललितपुरलाई विश्वमा चिनाउन सफल भएको धारणा राख्नु भयो ।
नेपाली परम्परागत मूर्तिकलाको क्षेत्रमा विगत साढे ६ दशकदेखि निरन्तर साधनमा तल्लिन रहेका कुमालेको योगदान विशिष्ट भएको नगरप्रमुख महर्जनको धारणा थियो ।
कलाकारको सम्मानलाई महानगरले महत्व दिएको बताउँदै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने हस्तीको सम्मानमा गरिने कार्यक्रमलाई महानगरले निरन्तरता दिने स्पष्ट पार्नुभयो ।
नेपाल ललितपकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कमाचार्यले कुमालेले बनाएका मूर्तिहरु देशभित्र मात्रै नभएर विदेशमा समेत पुगेको बताए । यो नेपालको गौरवको विषय भएको स्पष्ट पारे ।
जनस्तरबाट प्राप्त क्रोधकला शिरोमणि उपाधिलाई नेपाल सरकारबाट नै मान्यता प्रदान गराउन प्रतिष्ठानले पहल गर्ने बताउनु भयो । कुमाले जस्ता मूधन्र्य कलाकारको जीवनी प्रकाशन गर्ने लक्ष्य प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रतिष्ठानका हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले कला र संस्कृतिले भरिएको नगर ललितपुरले लाखौं कलाकार जन्माएको बताउनु भयो । ती कलाकारले देशभित्र मात्रै नभएर विदेशमा समेत ख्याति कमाएको उहााको भनाइ थियो ।
उक्त पुस्तकको सम्पादन मण्डलमा धर्मराज शाक्य, भरत ढकाल, देवेन्द्र थुम्केली, डिल्लीराम भट्टराई , राकेश अवाले,डा प्रमोद जायसवालले गर्नु भएको हो । कुमालेका मूर्तिहरुमा क्रोधभाव देख्न सकिन्छ। हिन्दु तथा बौद्ध धर्मका देवीदेवताका मूर्तिहरु विभिन्न रुप र स्वभावमा बनाइने गरिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ८ : १० बजे