१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राशिफल (१२ मंसिर २०७६)


१२ मंसिर २०७६, बिहिबार  

0
Shares


१२ मंसिर २०७६ बिहिवार,द्वितीया
पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर १२ । बिहीबार इ.स. २०१९ नोभेम्बर २८ । शकसंवत् १९४१ । परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। द्वितीया, १९स्१२ उप्रान्त तृतीया। नक्षत्र– ज्येष्ठा, ९स्२३ बजेउप्रान्त मूल। योग– धृति, १८स्५१ बजेउप्रान्त शूल। करण– वालव, ७स्२९ बजेदेखि कौलव, १९स्१२ बजेउप्रान्त तैतिल। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– वृश्चिक, ९स्२३ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ६स्३५ बजे, सूर्यास्त– १७ ०६ बजे र दिनमान २६ घडी ७ पला ।
मेष– आज तपाइको नया ठाउको भ्रमणले आर्थिक लाभ हुन सक्छ र कसैबाट समर्थन पनि पाइएला ।
वृष– बौद्धिक कार्यबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला होस पुर्याउनु होला ।
मिथुन– आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहोला ।
कर्कट– आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
सिंह– आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
कन्या– साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ, केही कारणले धनको पनि नाश होला ।
तुला– स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ ।
वृश्चिक– गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला ।
धनु– मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन, जाँगर बढ्नेछ ।
मकर– व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।
कुम्भ– आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला ।
मीन– आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउबाट पैसा आउने देखिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ८ : ४८ बजे