२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


युके पढ्न जाने विद्यार्थीको भिषा शुल्क ९६ प्रतिशत बढी


१२ मंसिर २०७६, बिहिबार  

0
Shares

१२ मंसिर ०७६, ललितपुर । युके अध्ययन गर्न जाने विद्यार्थीहरुको भिषा लाग्ने रेट उच्च रहेको जनाएकोछ । २०१८ अप्रिल देखि २०१९ मार्च सम्मको रेकर्डमा ९६ प्रतिशत भन्दा बढीको भिषा लागेको कार्यशालाका वक्ताले जानकारी दिनु भयो ।

त्यस्तैगरी कस्ता विद्यार्थीहरुले युके पढ्न जान सक्छन् रु युके भिषा आवेदन दिनको लागि के कस्तो तयारी गर्नुपर्छ रु विश्व विद्यालयहरु कसरी छान्ने रु जस्ता कुराहरुको ज्ञान दिन उद्धेश्यले युके पठाउँदै आएका विभिन्न एजेन्टहरुका काउन्सुलरहरुलाई थप ज्ञान दिने उद्धेश्यले ललितपुर इक्यान शाखाको आयोजना र ब्रिटिश काउन्सिलको सहकार्यमा हिजो बुधबार भएको कार्यशालामा एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।

भिषा आवेदन गर्नुभन्दा पहिले के के कुरामा ध्यान दिने भन्ने बारेमा ब्रिटिश काउन्सिल नेपालका बिजनेस म्यानेजर सुविन बज्रचार्य र इक्यानका प्रथम उपाध्यक्ष महेशबावु तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । ।

त्यस्तै विद्यार्थीहरुलाई विदेश पठाउने नाममा अनैतिक गर्न खोज्नेहरुलाई रोक्ने काममा इक्यान सकृय हुँदै आएको रपरामर्शदाताको हितको लागि काम गर्दै आएको इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताउनु भयो ।

उक्त कार्यशालामा ललितपुर इक्यानका अध्यक्ष सुरेन्द्र पोख्रेल, उपाध्यक्ष उपेन्द्रदेव ढकालले समेत मन्तब्य राख्नु भएको थियो । चने कार्यक्रमको सजिकरण इक्यान ललिलपुर शाखाका सचिव अरविन्द सिंहले गर्नु भयो। कार्यशालको प्रायोजन पाथ फाइन्डर इन्टरनेशन एजुकेशन र शुशाख्क टेक प्रालिले गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।