८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज उपनिर्वाचन,मतदान हुँदै


१४ मंसिर २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
१४ मंसिर ०७६, ललितपुर । आज देशभर उपनिर्वाचन भइरहेको छ । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा देशभर मध्येबाट जम्मा रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन भइरहेको हो ।
निर्वाचन ३७ जिल्लाका मात्रै हुनेछ । काठमाडौं उपत्यकामा भक्तपुर मा मात्रै निर्वाचन राखिएको छ । भक्तपुरका हरिशरण लामिछानेको मृत्यु भएपछि खाली भएको सासंदका लागि निर्वाचन हुन लागेको हो । साथै पोखरामा पनि संघीय सासंदका लागि निर्वाचन हुँदैछ । पर्यटनमन्त्री रविन्द्र अधिकारी ताप्लेजुङ्ग जाँदा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि खाली सासंद पदका लागि उनकै श्रीमती विद्या भट्टराई नेकपा बाट उठाइएको छ । नेपाली काँग्रेसले भनेलाई खेमराज पौडेललाई उठाएको छ ।
निर्वाचन आयोगका अनुसार देशभर २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको छ । विर्वाचन अहिले ७ बजेदेखि भइरहेको छ । निर्वाचन साँझ ५ बजेसम्म जारी रहनेछ ।
निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको गृहमन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ५२ बजे