८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपनिर्वाचन २०७६ : सल्यानको कुमाखमा नेकपाका बुढाथोकी विजयी


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६ , सल्यान । सल्यानकोकुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार धर्मे बुढाथोकी विजयी हुनुभएको छ । उहाँ ७९२ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

बुढाथोकीले ७९२ मत प्राप्त गर्नु भएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गर्नुभयो । यस्तै राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गर्नुभयो ।
त्यस्तैगरी । कूल एक हजार ८३९ मतदाता रहेकामा एक हजार १२४ मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिनुभयो । निर्वाचनमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो । ६० मत बदर भएको थियो।

त्यस्तै तत्कालीन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : ४६ बजे