१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुनसरीमा एम्बुलेनस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५ मंसिर ०७६, सुनसरी । सुनसरीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।

विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो। ज्यान गुमाउनेमा सबै एम्बुलेन्समा सवार व्यक्तिहरु रहेका छन्।

त्यस्तैगरी दुर्घटनामा मृत्यु हनेहरुमा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई र एम्बुलेन्स चालक राजेश दनुवार रहेको ट्राफिक प्रहरी कार्यालयका प्रखुम एसपी भीम दाहालले जानकारी दिनुभयो ।

त्यस्तै विराटनगरमा उपचार गराएर घर फर्किने क्रममा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ४७ बजे