८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पिपरा गापाको अध्यक्षमा नेकपाका चौधरी विजयी


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५ मंसिर ०७६,महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार विक्रम चौधरी विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरीले तीन हजार २४९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीनहजार ४१ मत ल्याउनुभयो ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले दुईहजार ९८४ मत ल्याएर तेस्रो स्थानमा रहनुभयो भने नेपाली काँग्रेसका उम्मेदवार विजय यादवले एकहजार ९३५ मत ल्याएर चौथो स्थान प्राप्त गर्नुभएको छ ।

नेकपाका उम्मेदवार चौधरीले समाजवादी पार्टीका उम्मेदवार यादवभन्दा २०८ बढी मत ल्याएर विजयी हुनुभएको हो । यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट राजपा नेपालले जीत हासिल गरेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ०७ बजे