१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुढीगण्डकी विद्युत् आयोजनाको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्न माग


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

विहीबार धर्नामा बसेका गोरखा धादिङ्गबासी । तस्विर ः ललितपुर खबर

१९ मंसिर ०७६, काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्नेलगायत मागसहित आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् ।


धर्नामा सहभागीहरुले ‘मुआब्जा पुनःमूल्याङ्कन गर’, ‘आयोजना शीघ्र कार्यान्वयन गर’, ‘सुकुम्वासी बनाउने मुआब्जा निर्धारण मूल्य खारेज गर’, ‘घरजग्गाको एकमुष्ट रकम निर्धारण गर’, ‘पुनर्वासको ग्यारेण्टी होस्’ र ‘आरुघाट नमूना बजारको व्यवस्था गर’ लेखिएका प्ले कार्ड बोेकेका थिए ।
विहीबार धर्नामा बसेका गोरखा धादिङ्गबासी । तस्विर ः ललितपुर खबर

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।