३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनकाे मुल्य ताेलामा तिन सय घट्याे


२० मंसिर २०७६, शुक्रबार  

0
Shares

२० मंसिर ०७६ काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । हिजो बिहीबार सुन प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज शुक्रबार सुन मुल्य प्रति तोलामा ३ सय रुपैयाँ घटेर प्रति तोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तैगरि आज शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला७१ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै चाँदीको मुल्य स्थिर रहेको अवस्थाछ । हिजो बिहीबार चाँदी प्रति तोला ८५० रुपैयाँमा कारोबार भएको थियो भने आज शुक्रबार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ५१ बजे