१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु


२१ मंसिर २०७६, शनिबार  

0
Shares

२१ मंसिर०७६, चितवन । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते अवस्था गम्भिर रहेको छ।

आज शनिबार साँझ चितवनको राप्ती नगरपालिका–४ मा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

गम्भीर घाइते अटोका चालकसहित ६ जना मध्ये तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मुत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ९ : ४६ बजे