९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


व्यवसाय प्रवद्र्धनका लागि झम्सिखेल महोत्सव


२१ मंसिर २०७६, शनिबार  

0
Shares

महोत्सवको उद्घाटन कार्यक्रममा सहभागीहरु ।

२१ म्ंसिर ०७६, झम्सिखेल । गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा ललितपुर नगरको झम्सिखेल महोत्सवको उद्घाटन गर्नु भएको छ ।
झम्सिखेल युथ क्लबले आयोजना गरेको ‘झम्सिखेल महोत्सव –२०७६’ उद्घाटन समारोहमा आज उहाँले विकसित देशले आफ्ना देशमा रहेका उद्योग र व्यवसाय प्रवद्र्धनका लागि समय समयमा विभिन्न प्रकारका महोत्सव गर्ने गरेका उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाल मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेकाले यहाँ विभिन्न किसिमका महोत्सव आयोजना हुनुले बढीभन्दा बढी पर्यटकको मन जित्न सफल हुने अपेक्षा गरको छु ।”
सो महोत्सवले प्लास्टिक मुक्त झम्सिखेल बनाउने योजना अघि बढाएकामा आफू निकै खुशी भएको मन्त्री थापाले बताउनुभयो । झम्सिखेल समृद्ध भयो भने सम्पूर्ण मुलुकनै समृद्ध हुने गृहमन्त्री थापाको बुझाइ छ । प्रतिनिधिसभा सदस्य पम्फा भुषालले ललितपुर महानगरपालिकाको वडा नं ३ लाई सिङ्गै पर्यटन क्षेत्रका रुपमा विकास गर्न विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउनुभयो ।

यसैगरी प्रदेशसभा सदस्य जीवन खड्काले यस क्षेत्रमा घरवास सञ्चालन गर्ने व्यवसायीलाई प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नजिकै आएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन ललितपुरमा आवश्यक पर्ने खुलकूदको व्यवस्था गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले महोत्सवले ललितपुरलाई विदेशीमाझ चिरपरिचित गराउने आँैल्याउनुभयो ।
क्लबका अध्यक्ष सन्दन थापा मगरले झम्सिखेलको स्थानीय स्रोतसाधनलाई बढावा दिन क्लबले प्रत्येक चार चार वर्षमा महोत्सवको आयोजना गर्ने गरेको जानकारी दिनुभयो । महोत्सवमा कला, संस्कृति र हस्तकलाका विभिन्न सामग्री राखिनुका साथै विभिन्न किसिमका कक्षहरु राखिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १० : ३६ बजे