४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मंगलबार राजधानीमा विजोर नम्बरका सवारी चलाउन नपाइने


२३ मंसिर २०७६, सोमबार  

0
Shares


२३ मंसिर ०७६, काठमाडौं । मंगलबार चक्रपथभित्र विजोर नम्बर प्लेटका सवारी लिएर नजानु होला । तपाईलाई ट्राफिकले रोक्नेछ । दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहका अवसरमा राजधानीमा सवारी नियन्त्रण गर्ने उद्देश्यले ट्राफिकले जोर नम्बर प्लेट भएका सवारी साधन रोक्ने ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रवि कुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नु भयो,‘यो प्रणालीले आधा सवारी साधन कम हुन्छ र ट्राफिक व्यवस्थापन सहज हुन्छ,’ पौडेलले भन्नुभयो ।
उहाँले ठूल सवारी साधनलाई रिङरोडमा नचलाउन अनुरोध गर्नुभयो । साग उद्घाटनको दिन १५ गते बिजोर नम्बरका सवारीसाधन मात्रै चलाइएको थियो ।
सागको कार्ड लिनेहरुलाई भने यो नियम नलाग्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।