६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गुरुकु्ल शिक्षाको आवश्यकताबारे झरुवारासीमा बहस


२३ मंसिर २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
२३ मंसिर ०७६, झरुवाराशी । गत २६ हप्तादेखि हरेक शनिबार २ घण्टा संस्कार शिक्षा शुरु गरेको १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदले आयोजना गरेको अन्र्तक्रियामा सहभागीहरुले गुरुकूल शिक्षा शुरु गर्नु पर्ने विषयमा धारणा राख्नुभएको छ ।
धर्म संस्कार, संस्कृति तथा परम्पराको प्रचार प्रसारका साथै संरक्षणमा सघाउन २०६७ सालमा स्थापित १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदले केही समयअघि स्थानीय बावलालिकाहरुलाई संस्कार परम्परा र आध्यात्मिक चेत विकाश गर्न हरेक शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म संस्कार कक्षा सञ्चालन गरेको थियो ।

१०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदको झरुवारासी उपसमितिले सुरु गरेको वैदिक संस्कार शिक्षा अभियानले पछिल्लो समय समाजमा नयाँ पुस्तामा पाश्चात्य समाज र संस्कृतिको प्रभाव बढ्दै गएको र पूर्वीय दर्शन, संस्कृति र परम्परागत मूल्य मान्यता हराउदै गएको भन्दै आगामी पुस्तासम्म परम्परागत संस्कृति र बैदिक सनातन धर्म जोगाउन कक्षा संचालन गरिएको अभियानका अभियनकर्ता मुमुक्षु उद्धव शर्माले जानकारी दिनु भयो ।
गोदावरी नगरपालिका १३ झरुवारासीमा गत जेठ १८ गते देखि वैदिक संस्कार शिक्षा शुरु गरिएको थियो । संस्कार कक्षामा ७० जना बालबालिकाहरुले सहागी थिए । नेपालकै प्रथम महिला कथाव्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीले ती बालाबालिकाहरुलाई वैदिक संस्कार सम्बन्धी शिक्षा दिइरहनु् भएको छ ।
शनिबार अभियानले २७ औं हप्ता पुरा गरेको सन्दर्भमा १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदको झरुवारासी उपसमितिले बालबालिका, अभिभाभक, अथानीय बुद्धिजीवी तथा जनप्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो कार्यक्रममा १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदका संस्थापक मुमुक्षु श्री उद्धव शर्माले धार्मिक आध्यात्मिक जागरण संगै समाजमा केही सामाजिक काम पनि गर्नुपर्छ भन्ने उद्देश्य र मानसिकताका साथ उक्त अभियानको सुरुवात गरिएको जानकारी दिनुभयो ।
गोदावरी १३का वडाध्यक्ष भाष्कर थापाले समाजको नयाँ पुस्तालाई धार्मिक आध्यात्मिक जागरणको साथै वैदिक संस्कारको लागि उपयोगी हुने बताउनु भयो । उहाँले २ घन्टाको कक्षाले मात्रै सबै बालबालिकामा सम्पूर्ण शिक्षा दिन नसकिने भएकोले गुरुकूल शिक्षा शुरु गर्न अनुरोध गर्नुभयो ।

अन्तरक्रियाका बक्ताहरुले २ घण्टे कक्षालाई पाठ्यक्रमकै रुपमा अघि बढाउनका लागि सुझाव दिएका थिए । विदुषी अनुराधा शास्त्रीले गुरुकुलीय शिक्षा प्रणालीकै रुपमा यो अभियानलाई अगाडी बढाईने बताउनु भयो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।